Section 33
अनुमति रद्द गर्न वा प्रतिबन्ध लगाउने सकिने
(१) पर्वतारोही दलको नेता वा कुनै सदस्यले यस ऐन, यस ऐन अन्तर्गत बनेको नियम वा पर्वतारोहीको अनुमतिमा तोकिएको कुनै कुरा उल्लघंन गरेमा नेपाल सरकारले यस ऐन बमोजिम प्रदान गरेको अनुमति जुनसुकै बेला पनि रद्द गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम जारी गरिएको पर्वतारोहणको अनुमति कुनै विशेष अवस्था पर्न गईखारेज गर्नु परेमा नेपाल सरकारले कारण देखाई वा नदेखाई कुनै पनि समय त्यस्तो अनुमति रद्द गर्न सक्नेछ ।